‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले सवारी दुर्घटनाको नाममा घाइतेलाई जानीजानी गाडी ब्याक गरेर मार्ने प्रवृत्ति रोक्न कानुन संशोधनको माग गरेकी छन् ।
- उनले झापाको बिर्तामोडमा १० वर्षीया बालिका अनुकृति चापागाईँलाई टिपरले ठक्कर दिएर नियतवश ब्याक गरेर हत्या गरेको घटनाप्रति आक्रोश व्यक्त गरिन् ।
- सांसद रानामगरले पीडित परिवारलाई धम्क्याउने र अपराधीलाई संरक्षण गर्ने गिरोहमाथि तत्काल कारबाही गर्न गृह मन्त्रालयसँग माग गरिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले सवारी दुर्घटनाका नाममा घाइतेलाई नियतवश गाडी ‘ब्याक’ गरेर मार्ने प्रवृत्ति बढेको भन्दै यस्तो अपराधलाई रोक्न तत्काल कानुन संशोधन गर्न सरकारसँग माग गरेकी छन् । आइतबार संसद्को आकस्मिक समयमा बोल्दै सांसद रानामगरले झापाको बिर्तामोडमा घटेको पछिल्लो हृदयविदारक घटनाप्रति कडा आक्रोश व्यक्त गरिन् ।
रानामगरले झापा क्षेत्र नम्बर २, बिर्तामोड नगरपालिका ३ स्थित अधुवा खोला पुलमा १० वर्षीया बालिका अनुकृति चापागाईँलाई टिपरले ठक्कर दिएको घटनाबारे सदनलाई जानकारी गराइन् । उनले टिपरले सुरुमा ठक्कर दिएर घाइते बनाएपछि चालकले नियतवश गाडी ‘ब्याक’ गरेर बालिकाको हत्या गरेका थिए। ‘यस्तो घटना बारम्बार दोहोरिएको छ, दुर्घटनाको संज्ञा दिएर केस मिलाउने काम भइरहेको छ, यो अत्यन्तै दुःखद र लज्जास्पद विषय हो,’ उनले भनिन् ।
यस्ता जघन्य कार्यलाई निरुत्साहित गर्न नेपाल सरकारले कुन ऐन र नियममा संशोधन गर्न तत्काल प्रक्रिया अघि बढाउन अनुरोध गरिन् । घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय दिन र यस्ता प्रवृत्तिको अन्त्य गर्न सरकारलाई रानाले आग्रह गरिन् ।
सांसद रानामगरले विभिन्न ‘भलाई कोष’ वा अन्य समूहका नाममा पीडित परिवारलाई थर्काउने, गुन्डागर्दी गर्ने र अपराधीको संरक्षण गर्ने गिरोह सक्रिय रहेको दाबी गरिन् । ‘पीडितको परिवारलाई धम्क्याउने र गुन्डागर्दी गर्ने गृह समूहलाई गृह मन्त्रालयले तत्काल कारबाही गर्नुपर्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण