संसद् बैठक
प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति
आइतबार, १४ असार २०८३, १६ : ३०
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा असन्तुष्टि जनाएको छ ।
- कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले ओहोदाको गरिमा र कूटनीतिक मर्यादामा सचेत रहन आग्रह गरिन् ।
- काउचाले प्रधानमन्त्रीले सदनलाई नभई पार्टीका कार्यकर्तालाई जानकारी दिनुभएको हो भनी प्रश्न गरिन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो ओहोदाको गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहन आग्रह गरिन् ।
‘हामी विपक्षी दलहरूले सदनमा जवाफ मागिरहेका छौँ । तर, उहाँले पार्टी महाधिवेशनमा जवाफ दिनुभयो,’ काउचाले भनिन्, ‘सदनलाई होइन पार्टीका कार्यकर्तालाई जानकारी दिनुभएका हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण