आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?

आइतबार, १४ असार २०८३, १२ : ००
आइतबार, १४ असार २०८३

सारांश

  • श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति राष्ट्रहितमा थियो कि राष्ट्रघाती भनी प्रश्न उठाएका छन्।
  • सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको हितमा भए रेकर्डबाट नहटाउन र राष्ट्रघाती भए तुरुन्त हटाउन माग गरेका छन्।
  • उनले फिफा र एन्फाको निलम्बनले खेलाडीको भविष्यमा असर परेको भन्दै सरकारलाई निलम्बन फुकुवाका लागि पहल गर्न आग्रह गरेका छन्।

काठमाडौँ । श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र (बालेन शाह) ले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो ? भनेर प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरूले प्रमको उक्त अभिव्यक्ति विरोधका लागि विरोध मात्र नगरेको बताए । 

 ‘के प्रमले बोलेको उक्त अभिव्यक्ति राष्ट्रको हितमा थियो ?’, प्रश्न गर्दै राईले भने ‘थियो भने रेकर्डबाट नहटाइयोस् र राष्ट्रघाती भए तुरुन्त हटाइयोस् ।’ उनले पार्टी भन्दा ठुलो देश भएको भन्दै संसदमा जवाफ मागिरहेका बेला प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टीकरण दिने होइन भने ।

साथै उनले फिफा र एन्फालाई निलम्बन गरेको घटनाले हजारौँ खेलाडीको भविष्यमा असर परेको भन्दै निलम्बन फुकुवाका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप