सीको भ्रमणमा व्यावसायिक उडान २ घण्टा २० मिनेट रोकिने
त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको छ ।
विमानस्थल एक अधिकारीका अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ । त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ । सी भारतको चेन्नईबाट काठमाडौँ आउँदै छन् ।
उनको सवारीमा एयर चाइनाका दुईबटा बोइङ ७४७ विमान काठमाडौँ आउँदै छन् । विमान टर्मिनल भवनकै एप्रोनमा पार्किङ गरिने भएकाले तिनले ६ वटा जाहाज पार्किङ गर्न सकिने स्थान ओगट्नेछन् । नौवटा जहाज पार्किङ क्षमताको विमानस्थलले त्यसपछि तीनवटा विमानलाई मात्रै व्यवस्थापन गर्न सक्नेछ । यो समाचार कान्तिपुर दैनिकमा मात्रिका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण