अज्ञात समूहद्वारा ओशो तपोवनको सवारीमा आगजनी
काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका १२ गोलढुंगास्थित ओशो तपोवनका सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट बस क्षतिग्रस्त भएको ओशो तपोबनका तर्फबाट सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आगजनी गरिएको सो क्षेत्रमा तपोवनको रिसेप्सन अफिस, र्जोर्वा रेष्टुरेन्ट, साधकहरु रहने आवासीय कक्ष तथा भण्डार कोठा र सो भण्डार कोठामा भरिएका २ सयभन्दा बढी ग्यास सिलिण्डर समेत रहेकोले सिंगो तपोवनमा ठूलो क्षति हुनबाट जोगिएको विज्ञप्तिमा जनाइएको छ ।
आगजनीबाट तपोवनमा चलिरहेको ध्यान शिविरमा समेत नकारात्मक प्रभाव परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाल चलिरहेको ध्यान शिविरमा विश्वभरीका १३ भन्दा बढी राष्ट्रहरुबाट ध्यान कार्यव्रmममा सहभागी २५० भन्दा बढी साधकहरुमा यो घटनाले ठूलो मनोवैज्ञानिक त्रास सृजना गरेको छ ।
यस्ता घटनाले नेपाल भ्रमणमा आउने पर्यटकको शान्ति सुरक्षाको विषयसँग समेत प्रत्यक्ष सरोकार राख्ने र नेपाल एक असुरक्षित गन्तव्य भएको प्रतिकूल सन्देश विश्वमा प्रवाह हुन जाने प्रवल संभावना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान
-
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
-
नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी छ : अमेरिकी राजदूत
-
इलाममा आजै राति, बझाङमा आइतबार बिहानसम्म मतपेटिका सङ्कलन गरिसकिने : आयोग
-
मटिहानी आगलागी : मुख्यमन्त्री यादवद्वारा छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता
-
एपीएफ छैटौँ पटक च्याम्पियन