मलेसिया आइसीसी परिषद्का सदस्य टमटा होटल हायतबाट पक्राउ
शुक्रबार, ०१ कात्तिक २०७६, १९ : ४२
काठमाडौँ– काँग्रेस निकट गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया आइसीसी परिषद्का सदस्य टेक टमटा पक्राउ परेका छन् । एनआरएनएको नवौँ महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेका बेला टमटा होटेल हायातबाट पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रमेश बहादुर सिंहले एक महिलाको उजुरीको आधारमा टमटालाई पक्राउ परेको पुष्टि गरे । जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रअनुसार महानगरी प्रहरी परिसर ललितपुरले टमटालाई पक्राउ गरि बुझाउन भनि पठाएको पत्रअनुसार पक्राउ गरिएको हो ।
महिलाले के विषयमा उजुरी गरेकी आफूलाई थाहा नभएको डीएसपी सिंहले बताए । उनलाई नियन्त्रणमा लिएर बौद्ध प्रहरीले ललितपुर प्रहरीलाई बुझाइसकेको छ ।