वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा
शुक्रबार, ०४ जेठ २०८१, ०८ : ०२
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबारसाँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले अङ्क बाँडेका हुन् । यससँगै हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ ।
अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर १७ अङ्क मात्र पुर्याउन सक्छ । अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अङ्क मात्र जोड्न सकेको छ । यसअघि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेका थिए ।
आइपीएलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् । यो खेल राति पौने ८ बजे सुरु हुनेछ ।
मुम्बई पुछारमा रहँदै यो सिजन बाहिरिसकेको छ भने लखनऊ १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा रहे पनि प्लेअफको एकदमै झिनो आशामा बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण