धनुषाको हंसपुर नगरपालिकामा प्रहरीद्वारा ६ राउण्ड हवाई फायर
धनुषा-प्रहरीले धनुषाको हंसपुर नगरपालिकामा तस्कहरुविरुद्ध गरेको कार्वाहीमा हवाई फायर गरेको छ । शुक्रवार हंसपुर नगरपालिकास्थित निकाल गाउँमा भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।
भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा तस्करले अवरोध खडा गरे पछि प्रहरीले हवाइ फायर गरेको जनाएको छ । तस्करले गाउँका महिला र बालबालिकालाई प्रयोग गरेर अवरोध
गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निकाल गाउँमा तस्करीको सामग्री जम्मा गरेको सूचना प्राप्त भएपछि सो सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।
आज करिब साँझ ६ बजे प्रहरीले हवाइ फायर गरेपछि सर्वसाधारण तितरवितर भएका र तस्करहरुले ल्याएको सामान बरामद भएको एसपी शेखर खनालले जानकारी दिए । बरामद गरिएको सामान करिब २५ लाख रुपैयाँ बराबरको हुनसक्ने अनुमान प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण