चिलीमा संकटकालको घोषणा
शनिबार, ०२ कात्तिक २०७६, २३ : ०७
सान्टियागो-चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन् । संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् ।
शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पु¥याएका छन् । प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।
मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरेका हु्नर । उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागुहुने उल्लेख गरेका छन् । एएफपी/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
-
तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु
-
मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
-
ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु