ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित

काठमाडौँ । नेपाली मूलका विधान सभा सदस्य अर्थात् सांसद ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित भएका छन् । मंगलबार सम्पन्न प्राथमिक निर्वाचनमा होमिएका भण्डारी पराजित भएका हुन् ।
भण्डारी अझै पनि मेरिल्याण्ड राज्यका क्षेत्र ८ का विधान सभा सदस्य हुन् । उनी मेरिल्याण्ड राज्यको तर्फबाट अमेरिकी संसद्का लागि उम्मेदवार भएका थिए ।
उनी मेरिल्याण्ड राज्यको चुनाव क्षेत्र सङ्ख्या २ का लागि मैदानमा उत्रिएका थिए ।
यस क्षेत्रका लागि जोनी ओसेस्की जुनियर विजयी भएका छन् । उनी बाल्टीमोर काउन्टीका काउन्टीका कार्यकारी हुन् । अब आगामी नोभेम्बरमा हुने निर्वाचनमा उनी डेमोक्र्याटको तर्फबाट रिपब्लिकनको उम्मेदवारसँग भिड्ने छन् । तर यो क्षेत्र दशकौ देखि डेमोक्रयाटले जित्दै आएको छ । जोनी ओसेस्की जुनियर २०२५ को लागि अमेरिकी संसद्को सांसद पदका उम्मेदवार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
-
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
महिमानलाई थुनामा राख्न रेशम चौधरीले दिएको निवेदनमाथि आज सुनुवाइ
-
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ