विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । काठमाडौँ, कपिलवस्तु र सिराहामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बसको ठक्करबाट बुधवार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–५ कटुवास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
ठाकुरापुरबाट बिजयनगर पिपरीतर्फ जाँदै गरेको युपी ४७ एन ०३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया खिरताजी पासीको बुधवार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै आधारभूत स्वास्थ सेवा अस्पताल चन्द्रौटामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सिराहाको औरही गाउँपालिका–३ खजनपुरस्थित सडकमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मधेस प्रदेश ०१–००१ त २६४६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय जगदीश ठाकुर बरहीको
मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण