भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द, यस्तो छ कारण
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द गरिएको छ । उनी सन् २०१९ को अन्त्यतिर टर्की जाने तालिका निर्धारण गरिएको थियो ।
पछिल्लो समय कश्मीर मामलामा टर्कीले राखेको धारणाका कारण भारत असन्तुष्ट रहँदै आएको छ । २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेसप तैयप अर्दोआनले जम्मु–कश्मीरको मुद्दा उठाएका थिए ।
भारतले जम्मु–कश्मीरलाई दिँदै आएको संवैधानिक ‘विशेष दर्जा’ खारेज गरेको थियो । सोही विषयमा टर्कीले भारतीय कदमको आलोचना गरेको बताइन्छ ।
भारतीय अखबार ‘दि हिन्दू’का अनुसार मोदी र टर्कीका राष्ट्रपतिबीच गत जुन महिनामा भएको भेटवार्तामा मोदीको भ्रमणबारे छलफल भएको थियो । छलफलका क्रममा यसै वर्षको अन्त्यसम्ममा मोदीले टर्कीको भ्रमण गर्ने तय भएको थियो ।
पछिल्लो समय दुवै मुलुकले एक अर्काको कदमको आलोचना गर्दै आएका छन् । जम्मु–कश्मिर मामलामा टर्कीले भारतको आलोचना गरेपछि भारतले पनि टर्कीद्वारा उत्तरी सिरियामा कुर्द लडाकुविरुद्ध गरिएको कारवाहीको विरोध गरेको छ ।
‘दि हिन्दू’का अनुसार भारतको विदेश मन्त्रालयले भने मोदीको टर्की भ्रमण निर्धारण नै नभएको दावी गरेको छ । तर, भारतका लागि टर्कीका राजदूत साकिर ओजकानले भने टर्की सरकारले भारतीय प्रधानमन्त्री मोदी अंकारा जाने अपेक्षा गरेको बताएका छन् । ‘अपेक्षामात्र होइन, हालैका दिनमा यसबारे छलफल पनि भएको थियो । हामी भ्रमणको अर्को मितिको प्रतीक्षा गरिरहेका छौं,’ उनले भने ।
दुवै मुलुकबीच दूरी बढ्दै गएकै अवस्थामा भारतले टर्कीको अनादोलु शिपयार्डसँग २.३ अर्ब डलरको एउटा सम्झौतासमेत रद्द गरेको छ । भारतीय जल सेनाका लागि उक्त कम्पनीले पानीजहाज बनाउने सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण