कमल हसनको फिल्म ‘इन्डियन–टु’ को एक्सन सीनलाई मात्रै ४० करोड बजेट
कमल हसनको फिल्म इन्डियन टुको दुईवटा सुटिङ शेड्युल पुरा भइसकेका छन् । सन् १९९६ मा रिलिज भएको फिल्म इन्डियनको यो सिक्वललाई निकै भव्य तरिकाले बनाइँदैछ । यसको अर्को शेड्युल मध्यप्रदेशको भोपालमा सुटिङ गरिनेछ । यो एक्सन सिक्वेन्सका लागि करिब ४० करोडको बजेट छुट्याइएको छ ।
पिटर हेनले गर्नेछन् एक्सन कोरियोग्राफरः
इन्डियन टुको यो विशेष एक्सन सिक्वेन्सलाई पिटर हेनले कोरियोग्राफ गर्ने भएका छन् । इन्डिया टुडेको खबर अनुसार यो सीनलाई करिब दुई हजार जुनियर आर्टिस्टसहित सुटिङ गरिनेछ । यो विशेष एक्सन सीनमा कमल ९० वर्षे वृद्धको भूमिकामा देखिनेछन् ।
फिल्ममा कमलबाहेक काजल अग्रवाल पनि देखिनेछिन् । काजल यो फिल्ममा एक्सन गरिरहेको देखिनेछिन् । यसका लागि काजल इन्डियन मार्शल आर्ट कलारिपयट्टूको तालिम लिइरहेकी छिन् । फिल्ममा रकुल प्रित सिंह पनि महत्वपूर्ण भूमिका देखिनेछ ।
सन् २०२१ मा हुनेछ रिलिजः
सन् १९९६ मा रिलिज भएको फिल्म इन्डियनमा कमल हसनले बुवा र छोराको दोहोरो भूमिका निभाएका छन् । यो एक यस्ता व्यक्तिको कहानी थियो जसले सिस्टममा फैलिएको भ्रष्टाचारलाई सार्वजनिक गर्छन् । प्रिया भवानी शंकर, सिद्धार्थ पनि देखिनेछन् । फिल्म सन् २०२१ को अप्रिल १४ मा रिलिज हुने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण