नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा आँधीबेरी
अमेरिका– नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो) आएको छ । आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ। आइतबार राती ९:३० बजे बाट आएको आँधिबेरी (टोरनेडो)ले एकलाख घरहरु प्रभावित भएका छन् । आँधीमा परेर घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने अन्य मानवीय क्षतिबारे विवरण आइसकेको छैन ।
आँधीका कारण ठुला भवनहरुमा समेत क्षति पुगेको छ भने रुख र बिजुली बत्तीका खम्बाहरु ढलेका छन् । ड्यालसको फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुन्सक्ने अनुमान गरिएको छ ।

सोही क्षेत्रमा १ लाख ग्राहकका घरमा बिजुली बत्ति बिच्छेद भएको छ । सरकारले आँधी प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय समेत केही दिनका लागि बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।सोमबार बिहानदेखि प्रहरीहरु प्रभावित क्षेत्रमा पुगेर उद्धार जुटिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण