बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आयाक्सलाई चेल्सीको झट्का

बिहीबार, ०७ कात्तिक २०७६, ०९ : १२
बिहीबार, ०७ कात्तिक २०७६

च्याम्पियन्स लिग फुटबलको अघिल्लो सिजन सनसनी मच्चाएको डच क्लब आयाक्सलाई यसपटक इङ्लिस क्लब चेल्सीको नराम्रो झट्का लागेको छ । समूह ‘एच’ अन्तर्गत घरेलु मैदानमा बुधबार राति भएको खेलमा आयाक्सले चेल्सीसँग १–० गोलको हार खेप्यो । खेलको सुरुवातमै आयाक्सको गोललाई भिएआरको सहायतामा मान्यता दिईएन । क्वीन्सी प्रोमेसको गोलले मान्यता नपाएपछि आयाक्स निरास बनेको थियो ।

त्यसपछि चेल्सीले ८६औं मिनेटमा निर्णायक गोल गरेको थियो । चेस्सीका मिची बात्सुआईले गोल गरेका थिए । आयाक्सको लगातार प्रयासमा चेल्सीका गोलरक्षक बाधक बनेका थिए । जितसँगै ६ अंक बनाएको चेल्सी समूहको दोस्रो स्थानमा छ । हारेपनि समान ६ अंक बनाएको आयाक्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

यही समूहको अर्काे खेलमा फ्रेन्च क्लब लिले र स्पेनिस क्लब भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन । खेलमा भ्यालेन्सियाका डेनिस चेरिसेभले ६३औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि लिलेका जोनाथन इकोनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै चार अंक बनाएको भ्यालेन्सिया समूहको तेस्रो र एक अंकमा सिमित लिले पूछारमा छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप