कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस
शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ५०
काठमाडौं– मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।
बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको छ ।
केही समय अघिसम्म सो क्षेत्रमा नेकपाबाट नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । वामदेवले खुलेरै कास्की २ मा चुनाव नलड्ने भनेपछि भट्टराईकै सम्भावना बढि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण