कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
शुक्रबार, २२ जेठ २०८३, १४ : ०९
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेन साहले सङ्घीय संसदमा व्यक्त गरेको अभिव्यक्तिमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
- मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री साहले इतिहासमै कसैले नभनेको कुरा व्यक्त गरेको र जनतालाई आशङ्कित गराउने कुरा जिम्मेवारीमा रहेकाहरूले गर्न नसुहाउने बताए।
- यसअघि प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदमा दिएका थिए।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेन साहले सङ्घीय संसदमा बोलेको कुरामा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
बिहीबार पूर्वमुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रवादको कुरामा प्रदेश सरकारको कुनै धारणा नआएको भन्दै संसद् अवरुद्ध नै गरेका थिए ।
शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री कँडेलले बालेन साहले इतिहासमै कसैले नभनेको कुरा व्यक्त गरेको बताए । ‘उहाँले जसलाई भन्नका लागि भन्नुभयो, त्यो पक्षले समेत दाबी नगरेको अवस्थामा आम नेपालीलाई सन्देह प्रकट गरेको छ,’ उनले भने, ‘जनतालाई आशङ्कित गराउने कुरा जिम्मेवारीमा रहेकाहरूले गर्न सुहाउँदैन ।’
प्रधानमन्त्री बालेन साहले यसअघि संसदमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण