भक्तपुरमा १४ जना जुवाडे पक्राउ
भक्तपुर– महानगरिय प्रहरी परीसर भक्तपुरले जुवा तास खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ बजेको समयमा बिशेष सुचनाको आधारमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको हो ।
खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा घर धनीसहित मानिसहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा जुवा तास खालबाटै पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले दुई लाख सैतिस हजार पाँच सय रुपैया र १ बुक तास समेत बरामद गरेको परिसरका सूचना अधिकारी डिएसपी रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।
त्यसैगरि चाँगुनारायण न.पा. ९ ताथली बस्ने तिर्थराम माकाजुको घरमा तास खेली रहेको अवस्थामा घरधनि सहित ६ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरुको साथथबाट त्रिसठ्ठी हजार तिन सय बयालिस रुपैया र ३ बुक तास समेत बरामद गरिएको सूचना अधिकारी डिएसपी पोखरेलले जानकारी दिएका छन् ।
उनीहरुलाई थप अनुसन्धानका लागी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण