बारामा डेढ महिनामा दुई करोड बढीको अबैध सामान बरामद
रौतहटको सिमानासंगै जोडिएको बारा प्रहरीले डेढ महिनाको अवधिमा दुुई करोडभन्दा बढी मूल्यको अबैध भारतीय सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रहरीले भदौ १८ गतेदेखी हालसम्म उक्त परिमाण बराबरको अबैध भारतीय सामान बरामद गरेको हो ।
भारतिय बजारहरुबाट तस्करहरुले भन्सार छली बिभिन्न नाका बाट अबैध रुपमा भित्रयाएको कडपा, किराना, विद्युतीय सामान, खाद्यपदार्थ, चिनी, पटका, सुुपारी लगायतका कुल दुुई करोड १९लाख २३ हजार ६० रुपैयाँ बराबरको अबैध सामान बरामद गरीएको प्रहरी प्रवक्ता डिएसपी रन्जित सिह राठौरले जानकारी दिए ।
सो अवधिमा तस्करहरुले भारतिय सामानको तस्करीमा प्रयोग गरेको एकथान ट्रक, दुुई थान जिप, सातवटा मोटरसाईकल, ६ वटा साईकल तथा बरामद गर्नुका साथै १७ जना तस्कर पक्राउ भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पछिलो समय रौतहट र बाराका प्रहरीले तस्करीको सामान धमाधम पक्राउ गरी भन्सार बुुझाउनुुका साथै तस्करलाई कानुुनी कारबाहीको दायरामा ल्याउन थालेपछी ठूलो परिमाणमा रावश्व वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण