ढकाललाई उम्मेदवार बनाएको भन्दै भक्तपुरमा विरोध, पार्टी कार्यालयमा तालाबन्दी
सोमबार, १८ कात्तिक २०७६, १२ : १३
भक्तपुर । भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) मा उम्मेदवारीको विषयमा नेकपाभित्र विवाद देखिएको छ ।
नेकपा सचिवालय बैठकले आइतबार देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णयसँगै विवाद देखिएको हो ।
निर्णयको विरोधमा सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै विवाद सतहमा आएको हो ।
असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले केहीबेर नारा जुलुस समेत गरेका थिए ।
२०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा पनि ढकाल उम्मेदवार रहेका थिए । उनी हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण