भारतको नक्सामा नेपाली भूमि समेटिएको बारे झलनाथ खनालले निकाले विज्ञप्ति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपामल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन् ।
उनले विहीबार विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमिबारे ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका हुन् ।
‘नेपालको पश्चिमोत्तर सिमाना सुगौली सन्धिले नै निर्धारण गरिसकेको छ । त्यो सिमाना चलाउने कसैलाई पनि अधिकार छैन ।नेपालको सिमाना स्पष्टतः महाकाली नदीबाट निर्धारित भइआएको छ । महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको कालीनदी (कुटी याङ्दी) हो । त्यसपूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली भूभाग हुन्,’ विज्ञप्तिमा भनिएको छ ।
भारतले सार्वजनिक गरेको भनिएको नक्शामा नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि राखी सार्वजनिक गरेपछि त्यसको विराध हुँदै आएको छ ।
यस्तो छ विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण