नेपाल टेलिकमको सेवा विस्तार सम्झौता
शुक्रबार, २२ कात्तिक २०७६, १९ : १२

काठमाडौं– नेपाल टेलिकमले टावर निर्माणको कार्यलाई तिव्रता दिएको छ। स्किपर प्याराडाइज जेभी र नेपाली टेलिकमबीच बिहीबार ७२ ओटा टावर ग्राउन्डे बेस सपोर्टिङ टावर बनाउन सम्झौता भएको हो।
टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समयमा हल हुने विश्वास लिइएको छ।
पश्चिमाञ्चल (लुम्बिनी, गण्डकी, धौलागिरी) मा ६४ र काठमाडौंमा ८ वटा टावर निर्माणको सम्झौता भएको हो। सम्झौतापत्रमा टेलिकमको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्याराडाइजका प्रबन्ध निर्देशक गोकुल पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । काम ६ महिनाभित्र सक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।
लगत्तै १३८ ग्राउन्डे बेस सपोर्टिङ टावर निर्माणका लागिसमेत टेन्डर प्रक्रिया सुरु हुने टेलिकमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमराको सार्वजनिक जग्गामा पनि डाबरको रजाइँ
-
कहाँ छ सूचनाको हक ?
-
जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
-
गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता