जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
सारांश
- जगदम्बा मोटर्सले नेपालमा टिभिएस रोनिन मोनोटोन र टिभिएस रोनिन अगोन्डा नामक दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ।
- यी नयाँ भेरियन्टहरूले नेपालको प्रिमियम मोटरसाइकल बजारलाई थप मजबुत बनाउने र युवा शहरी राइडरहरूलाई आकर्षित गर्ने लक्ष्य राखेका छन्।
- टिभिएस रोनिन मोनोटोनको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ र अगोन्डा भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ।
काठमाडौँ । टीभीएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत ‘टिभिएस रोनिन मोनोटोन’ र ‘टिभिएस रोनिन अगोन्डा’ बजारमा सार्वजनिक गरेको छ। नेपालको प्रिमियम मोटरसाइकल बजारलाई थप मजबुत बनाउने उद्देश्यका साथ यी दुई नयाँ भेरियन्ट नेपाली बजारमा भित्र्याइएका हुन्।
काठमाडौँको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमबिच यी नयाँ मोटरसाइकलहरूको अनावरण गरिएको हो। नयाँ भेरियन्टहरूले टिभिएस रोनिनको लाइनअपलाई बोल्ड स्टाइलिङ र आधुनिक–रेट्रो चरित्र प्रदान गर्दै तीव्र रूपमा बढिरहेको प्रिमियम मोटरसाइकल खण्डमा युवा सहरी राइडरहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।
नेपाली बजारमा टिभिएस रोनिन मोनोटोनको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ भने यो लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुने छ। त्यसैगरी, पर्ल ह्वाइट रङमा उपलब्ध हुने टिभिएस रोनिन अगोन्डाको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
टिभिएस रोनिन अगोन्डा भेरियन्ट भारतको गोवामा अवस्थित प्रसिद्ध अगोन्डा बीचको घाम, बालुवा र भावनाबाट प्रेरित भएर तयार पारिएको हो। यो आधुनिक-रेट्रो प्लेटफर्म कति बहुमुखी हुन सक्छ भन्ने कुरा प्रमाणित गर्न कम्पनीले ल्याएको यो पहिलो कस्ट्युम-प्रेरित मोटरसाइकल हो।
यसको इन्धन ट्याङ्की र हेडलाइट कभरसम्म फैलिएको चम्किलो सेतो बेसले अगोन्डा बीचको बालुवालाई प्रतिनिधित्व गर्छ, जसले सडकमा यसको उपस्थिति बलियो र सफा देखाउँछ। अगोन्डा एडिसनको मुख्य विशेषता यसको अल-ह्वाइट हेडल्याम्प काउल हो, जसले रोनिनको पहिचान बनेको अल-एलईडी टी-फेस हेडल्याम्पलाई घेरेको छ।
यसको इन्धन ट्याङ्कीमा निलो र रातो रङको रेट्रो पिनस्ट्राइपहरू रहेका छन्, जसले यसलाई आकर्षक ट्रिपल-टोन संयोजन दिन्छ। यसको माथिल्लो भागमा कस्ट्युम ब्ल्याक टिभिएस स्टालियन प्रतीक राखिएको छ, जसले सहरमा गुड्दा सजिलै मानिसहरूको ध्यान तान्न सक्छ।
आधुनिक-रेट्रो स्टाइलिङका साथै उत्कृष्ट इन्जिनियरिङलाई समेटेको टिभिएस रोनिनमा २२५.९ सीसीको रिफाइन्ड इन्जिन प्रयोग गरिएको छ। यस इन्जिनले ७,७५० आरपिएममा २०.४ पिएस पावर र ३,७५० आरपिएममा १९.९३ एनएम टर्क उत्पन्न गर्छ।
विभिन्न खालका सडकहरूमा सहज राइडिङ अनुभव प्रदान गर्नका लागि यस मोटरसाइकलमा कम गतिमा पनि सहज रूपमा गुडाउन मद्दत गर्ने ग्लाइड थ्रु टेक्नोलोजी जडान गरिएको छ। गियर परिवर्तनलाई सहज र बिना झन्झट बनाउनका लागि असिस्ट एन्ड स्लिपर क्लच र उत्कृष्ट ह्यान्डलिङ एवं आरामदायी यात्राका लागि ४१ एमएमको अपसाइड-डाउन फ्रन्ट फोर्कहरू राखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण