डा.गोविन्द केसी अस्पताल भर्ना
शुक्रबार, २२ कात्तिक २०७६, २२ : ११
डडेल्धुरा-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।
डा.केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा.केसीलाई अस्पताल भर्ना गरिएको डा.कँडेलले बताए ।
चिसोका कारण डा.केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा.केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा.केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’