आलोचना गर्नेलाई खेलकुदमन्त्रीको जवाफः रातदिन काम गर्नु के अपराध हो ?
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
शनिबार रिाजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाए । उनले भने,‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाए ।
मन्त्री विश्वकर्माले सामाजिक सञ्जालमा साग प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणीप्रति भने असन्तुष्टी पोखे । १२ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेपछि १३ औं प्रतियोगिता २०७२ सालमा गर्ने अभिभारा नेपालको काँधमा आएपछि समयमै साग हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ ।
आफूहरु सरकारमा आएपछि उक्त प्रतियोगिता समयमै गर्नेगरि अभिभारा र अवसरको रुपमा लिएको र सोहीअनुसार काम गरेको पनि उनले सुनाए ।
साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चूनौति र जोखिमहरुको सामना गरेर अघि बढेको उनले सुनाए । उनले भने,‘म हिरोइज्ममा विश्वास गर्दिन् । काममा विश्वास गर्ने मान्छे हुँ । खुरुखुरु काम गरिरहेको छु ।’ कतिपयले अहिले धमाधम भौतिक पूर्वाधार निर्माणमा जुटेको देख्दा ‘जब राति तब बुढी ताती’ भनेर आलोचना गर्ने गरेको सुनाउँदै उनले साग मुखमै आइसकेकाले यसको लागि आफूहरुले रातदिन काम गरेको स्पष्ट पारे । उनले थपे,‘हिजो राति त मैले झिमिक्क आँखा पनि झिम्क्याएको छैन् । दशरथ रंगशालामा भिआईपी छानो हाल्ने काम थियो । त्यो काम राति नै गर्नुपरेकोले हिजो रातभरि काम गरियो ।’
मन्त्री विश्वकर्माले रातदिन काम गर्नु के अपराध हो ? भन्दै प्रश्न गरे । उनले मंसिर १५ गतेको साग गेमको मिति तलमाथि नहुने दाबी दोहोर्याए ।
सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको पनि उनले सुनाए । त्यस्तै, सागकोलागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण