त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ
सोमबार, २५ कात्तिक २०७६, १२ : ४८
सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् ।
६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त लामाले पुष्टि गरे ।
कतार एयरको उडानबाट नेपाल आएका ट्रुमाथि थप अनुसन्धान भइरहेको उनले बताए । विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट कोकिन करामद भएको हो ।
प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनपछि खुल्यो 'हिट एन्ड रन' को रहस्य : टिपर चालक पक्राउ
-
सरकारले गरेका नीतिगत घोषणालाई अब नयाँ नेतृत्वले कार्यान्वयन गराउनुपर्छ : अध्यक्ष कार्की
-
सडक भाँसिएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
पहिले झोलामा खोला थियो, अहिले खोलामा झोला जस्तो अवस्था छ : उत्तम भ्लोन लामा
-
उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान
-
पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण