बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

बिहीबार, २८ जेठ २०८३, १४ : २३
बिहीबार, २८ जेठ २०८३

सारांश

  • प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई 'प्रधानसेनापति प्रशंसा निशान' तथा कदर पत्र प्रदान गरेका छन् ।
  • जङ्गी अड्डामा आयोजित कार्यक्रममा व्यावसायिक दक्षता र कार्यकुशलता प्रदर्शन गर्ने सैनिकहरूलाई प्रधानसेनापतिले सम्मान गरेका हुन् ।
  • संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमित रही कर्तव्य पालना गर्ने सैनिकहरूलाई यस पटक सम्मान गरिएको छ ।

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई 'प्रधानसेनापति प्रशंसा निशान' तथा कदर पत्र प्रदान गरेका छन्  । 

बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष सुशोभन कार्यक्रमका बिच प्रधानसेनापतिले व्यावसायिक दक्षता र कार्यकुशलता प्रदर्शन गर्ने सैनिकहरूलाई सम्मान गरेका हुन् ।
आफ्नो जिम्मेवारीलाई उच्च पेसागत मर्यादा, व्यावसायिक चरित्र र सैनिक मूल्य मान्यता अनुरूप उत्कृष्ट ढङ्गले पूरा गर्ने सैनिकहरूको कदर स्वरूप यो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । 

विशेष गरी संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमित रहेर परिस्थितिको सही मूल्याङ्कन गर्दै कर्तव्य पालना गर्ने सैनिकहरू यस पटक सम्मानित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
सेनाले यस्ता सम्मानले राष्ट्रसेवक सैनिकहरूको मनोबल उच्च बनाउनुका साथै संगठनप्रतिको जिम्मेवारी बोधलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप