नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित
काठमाडौँ । विश्वकप फुटबल २०२२ को छनोट खेलका लागि नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नेपाल कुवेतबीचको खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा खेल्ने निश्चित भएको जनाएको छ ।
दोस्रो लेगको खेल नेपालले घरेलु मैदान दशरथ रङ्शालामा आयोजना गर्ने भने पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार रङ्गशाला नबन्दा भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ्ग रंगशालामा मसिंर ३ गते खेल्ने भएको हो ।
विगत चार दिनदेखि नेपालले प्रस्ताव गरेको चाङ्गलिमिथाङ्ग रंगशालामा फुटबल खेल्न समस्या हुने बताउँदै आएको थियो । कुवेतले आफ्नो स्वार्थको कारण भुटानमा खेल्न अस्वीकर गर्दै आएपनि सोमबार बाध्य भएर भुटानमा खेल्न सहमत भएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले बताए ।
यसअघि कुवेती खेलाडीले चाङ्गलिमिथाङ्ग रंगशालामा खेल खेल्नका लागि भिजा, फ्रलड लाईट र होटलको समस्या देखा पनि अखिल नेपाल फुटवल संघ एन्फाले भुटान खेलकुद संघसँग समवन्य गरेर समस्या समाधान गरेको थियो ।
‘होटेल, भिजा सुविधाको लागि प्रतिवद्धता जनाएका छौँ, छनोट फुटबलको लागि अन्य विकल्प खोज्दौनौँ, कुवेतले विभिन्न बाहना बनाएर आफ्नै मैदानमा विश्वकप छनोट फुटबल खेल्न खोजेको थियो’ उनले भने ।
नेपालको आफ्नै अडानका कारण कुवेतविरुद्ध नेपाल चाङ्गलिमिथाङ्ग रंगशालामा खेल सञ्चालन गर्ने अडानमा भएका कारण नेपालविरुद्ध खेल्न भुटान खेल्ने प्रस्ताव स्वीकार गरेको उनले बताए ।
भुटानको मैदानमा खेल्न गाह्रो हुन्छ भन्ने कुवेतको उपयुक्त ‘लोजिक’ नै नभएको कारण नेपालको प्रस्ताव मान्न बाध्य भएको प्रवक्ता राईले बताए । ‘नेपालका लागि विश्व कप छनोट खेल खेल्न भुटानमा उपयुक्त मौसम छ’, उनले भने, ‘भुटान भन्दा अरबी मुलुकतिर खेल्न मौसम अनुकुल घरेलु टोलीलाई हुँदैनौँ ।’
विश्वकप खेल खेल्न कुवेतलाई चाङ्गलिमिथाङ्ग रंगशालामा मौसमको नेपाली फुटबल टोलीलाई जस्तो अनुकुल नहुने हँुदा पनि कुवेतले अस्वीकर गरेको थियो । नेपालको आफ्नै घरेलु खेलमा विश्वकप छनोटका लागि खेल खेलाने मैदान नभए पनि कुन खेल मैदानमा खेलाउने भन्ने अधिकार नेपालको भएकाले नेपालले प्रस्ताव गरेको स्थानमा कुवेत खेल्नुपर्छ ।
विश्वकप छनोट फुटबल भुटानमा नखेल्नका लागि कुवेतले अन्तराष्ट्रिय लबिङ समेत गरेको उनले बताए । कुवेतमा भएको पहिलो लेगको खेलमा नेपालले ७—० को हार व्यहोरेको थियो । दोस्रो लेगको खेल नेपालले घरेलु मैदान दशरथ रंङशाला खेलको आयोजना गर्ने भने पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार समस्या भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण