यसरी मनाइयो महालक्ष्मी जात्रा, तस्विरमा हेर्नुहोस्
चन्द्रागिरी नगरपालिकाको बलम्बुमा धुमधामका साथ महालक्ष्मी जात्रा मनाइएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन मनाइने महालक्ष्मी जात्रा नेपाल सम्वतको नयाँ वर्षपछि उपत्यकामा मनाइने पहिलो जात्रा हो ।
यस जात्रालाई सिन्दुर जात्रा पनि भने प्रचलन छ। यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामूहिक जात्रा पनि हो।
स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमरः र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमरः (सातगाउँले जात्रा) भनिन्छ । जात्रा दुवा गुठीले सञ्चालन गरिन्छ ।
स जात्रामा थानकोटबासी र तिनका पाहुनाहरुको उल्लेखनीय उपस्तिथ रहन्छ । जात्रा हेर्न र भोज खान आफन्तलाई निम्त्युने प्रथा थानकोटबासीहरुको रुचीको विषय नै हो ।
कार्तिक मंसिरमा धानवाली भित्र्याईसकेर बर्स दिनको दख सुख बर्षाजाडो, हिलोहुरी सबै बिसिएर थानकोटबासीहरु यस जात्रामा रमाउने गर्छन् ।
देवदेवीको मेलमिलाप गराइने यो जात्राले मानवजातिमा पनि मेलमिलापको सन्देश दिन खोजिएको बताइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण