ज्योति विकास बैंक र यूनाइटेड रेमिटबीच सम्झौता
बुधबार, २७ कात्तिक २०७६, १९ : २१
काठमाडौं– ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा यूनाइटेड रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ।
बुधबार ज्योति विकास बैंक र यूनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको हो। सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा यूनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरे ।
प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवर्धित यूनाइटेड रेमिटले साउदि अरबजस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।
यस सम्झौता पश्चात यूनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट यूनाइटेड रेमिटको देश/विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल
-
भियतनामबाट आए १८० जना बुद्धिस्ट पर्यटक
-
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई
-
हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री
-
संसद्को अवरोध हट्ने नेताहरूको दाबी
-
ट्रेकिङमा हराएका दुई पर्यटकको उद्धार, हेलिकप्टरबाट काठमाडौँ पठाइयो