विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।
उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा)नेपाल मधेस प्रदेशका संसदीय दलको बैठक बोलाएर छलफल गरेका हुन् । छलफलमा यादवले विश्वासको मत लिनका लागि रणनीति ढङ्गबाट अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि सबै प्रदेशसभा सदस्यहरू लाग्नुपर्ने धारणा राखेका थिए ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअसिस यादवले विश्वासको मतका लागि जसपा नेपालले कांग्रेस र लोसपासँग छलफल गरिरहेको बताए ।
यद्यपि विश्वासको मत कहिले लिने भन्ने निश्चित भइनसकेको उनको भनाइ छ । जेठ २८ गतेदेखि जनकपुरमा हुने पार्टीको महाधिवेशनको बारेमा पनि संसदीय दलको बैठकमा छलफल भएको बताउँदै उनले जेठ १० गतेभित्र महाधिवेशन प्रतिनिधिको चयन गरिसक्नुपर्ने र त्यसमा सबै जना लाग्नुपर्ने बताए ।
बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा पनि छलफल भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण