विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।
उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा)नेपाल मधेस प्रदेशका संसदीय दलको बैठक बोलाएर छलफल गरेका हुन् । छलफलमा यादवले विश्वासको मत लिनका लागि रणनीति ढङ्गबाट अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि सबै प्रदेशसभा सदस्यहरू लाग्नुपर्ने धारणा राखेका थिए ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअसिस यादवले विश्वासको मतका लागि जसपा नेपालले कांग्रेस र लोसपासँग छलफल गरिरहेको बताए ।
यद्यपि विश्वासको मत कहिले लिने भन्ने निश्चित भइनसकेको उनको भनाइ छ । जेठ २८ गतेदेखि जनकपुरमा हुने पार्टीको महाधिवेशनको बारेमा पनि संसदीय दलको बैठकमा छलफल भएको बताउँदै उनले जेठ १० गतेभित्र महाधिवेशन प्रतिनिधिको चयन गरिसक्नुपर्ने र त्यसमा सबै जना लाग्नुपर्ने बताए ।
बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा पनि छलफल भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने