भियतनामबाट आए १८० जना बुद्धिस्ट पर्यटक
बिहीबार, ०३ जेठ २०८१, १४ : २५
काठमाडौँ । भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरू बिहीबार एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आएका हुन् ।
भियतनामी बौद्ध धर्मालम्बी एकैपटक यती धेरै सङ्ख्यामा नेपाल आएको रुप्से होलिडेजले जनाएको छ । उनीहरू भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आएको कम्पनीले जनाएको हो ।
कम्पनीका अनुसार उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै हलेसी दर्शनमा समेत जाने छन् ।
ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने उनीहरूको तयारी छ । भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौँ ओर्लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण