उपनिर्वाचन : समाजवादी पार्टीले काँग्रेसलाई सघाउने
बुधबार, २७ कात्तिक २०७६, २० : २३
मोरङ । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ ।
दुई पार्टीद्वारा बुधबार यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, समाजवादी पार्टीका केन्द्रीय सदस्य भूराज राई, काँग्रेसका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव र संयुक्त उम्मेदवार साहले समाजवाद र लोकतन्त्रलाई बलियो बनाउन दुवै पार्टीबीच संयुक्त उम्मेदवार चयन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण