महोत्तरीका स्थानीय तहमा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता
जनकपुर । महोत्तरीका स्थानीय तहमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, बल्वा गाउँपालिका र मटिहानी नगरपालिकाका केही वडामा उपनिर्वाचन हुँदैछ ।
बल्वा गाउँपालिका वडा नम्बर २ को अध्यक्षका लागि नेकपाका कृष्णदेव साह, नेपाली काँग्रेसका विष्णु पजियार सुडी, राजपा नेपालका वृजलाल साह सुडी, जनमत पार्टीका बिरेन्द्र कुमार साह र राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्र साहले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी स्वतन्त्रबाट रमेशकुमार साह, सुबोध साह र हेमन्त कुमार साहले मनोनयन दर्ता गराएका हुन् । बल्वाकै वडा नम्बर ८ को अध्यक्षका लागि नेकपाका लक्ष्मेश्वर यादव, काँग्रेसका निर्वल यादव, समाजवादीका रामबावु महतो, जनमत पार्टीका फुल कुमारी देवी र राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रेश यादवले मनोनयन दर्ता गराएका छन् ।
स्वतन्त्रबाट मिश्री मण्डल, रामचन्द्र महतो कोइरी, रामदेवन महतो, रामवृक्ष सहनी मल्लाह, सहदेव यादव, सुरेश महतो कोइरी र सोगिन्द्र महतोले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी मटिहानी नगरपालिकाका वडा नम्बर ६ मा तीन स्वतन्त्रसहित ६ जनाले मनोनयन दर्ता गरएका छन् । जसमा नेकपाबाट मोहम्मद जाकिर अन्सारी, राजपा नेपालबाट रामबाबु नायक, र नेपाली काँग्रेसबाट संजयकुमार महतोले मनोनयन दर्ता गराएका छन् ।
फारुख शेख, अब्बुल मोमिन र सहदेव ठठेरी स्वतन्त्रबाट मनोनयन दर्ता गराएका हुन् । यता महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण