सन्दीप पीएसएलको महङ्गो ड्राफ्टमा
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् ।
सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी छन् । पीएसएलले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनममा पर्ने खेलाडीको मूल्य न्युनतम एक लाख ४७ हजार देखि अधिकतम दुई लाख १८ हजार डलर रहेको छ । यदी सन्दीप ड्राफ्टबाट छानिए भने उनले कम्तीमा एक लाख ४७ हजार अमेरिकी डलर पाउनेछन् । पीएसएलको ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ ।
लिगका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउनेछन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्स, मुल्तान सुल्तान्स, पेसावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीपले पीएसएलको अघिल्लो सिजन लाहोर क्वालन्डर्सबाट खेलेका थिए । हाल सन्दीप टी–१० लिग खेल्न युएइ गएका छन् ।
सन्दीप हालै इङल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ लिगका लागि पनि अनुबन्ध भएका छन् । ‘द हन्ड्रेड’ मा सन्दीपको पारिश्रमिक एक लाख पाउन्ड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण