सन्दीप पीएसएलको महङ्गो ड्राफ्टमा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् ।
सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी छन् । पीएसएलले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनममा पर्ने खेलाडीको मूल्य न्युनतम एक लाख ४७ हजार देखि अधिकतम दुई लाख १८ हजार डलर रहेको छ । यदी सन्दीप ड्राफ्टबाट छानिए भने उनले कम्तीमा एक लाख ४७ हजार अमेरिकी डलर पाउनेछन् । पीएसएलको ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ ।
लिगका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउनेछन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्स, मुल्तान सुल्तान्स, पेसावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीपले पीएसएलको अघिल्लो सिजन लाहोर क्वालन्डर्सबाट खेलेका थिए । हाल सन्दीप टी–१० लिग खेल्न युएइ गएका छन् ।
सन्दीप हालै इङल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ लिगका लागि पनि अनुबन्ध भएका छन् । ‘द हन्ड्रेड’ मा सन्दीपको पारिश्रमिक एक लाख पाउन्ड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा