फर्किए बंगलादेशका राष्ट्रपति हमिद
काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् ।
उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्यसैगरी उच्चपदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए । राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । त्यसैगरी उनले विहिबार पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमण गरेका थिए भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । शुक्रबार बिहान चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम राखिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट