स्वास्थ केन्द्रमा औषधी अभाव
रौतहट । रौतहटको गरुडा नगरपालिकाको एक स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने बिरामी निरास भएर फर्कन बाध्य भएका छन् ।
गरुडा नगरपालिका २ गेडहीगुठी स्थित स्वास्थ्य केन्द्रमा सिटामोल र जिवनजल समेत नरहेको हुँदा उपचार गराउन जाने बिरामीहरु निराश भएर फर्किन बाध्य भएका हुन् ।
नगरपालिकाका स्वास्थ्य संयोजक तथा प्रशासनको लापरवाहीका कारण कार्तिक महिनाभरी उक्त स्वास्थ केन्द्र औषधीबिहिन भएको स्थानीय समाजसेवी एवम् उखु उत्पादक किसान संघ रौतहटका सचिव मनोज कुमार सहनीले बताए ।
स्वास्थ केन्द्रका प्रमुख सिएमए रामपुकार यादवले कार्तिक महिनाको सुरुमा औषधीको त्रैमासिक प्रतिवेदन नगरपालिकामा पठाएको थिए ।
सो पश्चात पटक पटक तगेदा गर्दा पनि गरुडा नगरपालिकाले हालसम्म औषधी नपठाएको प्रमुख यादवले बताए ।
गरुडा नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले गेडहीगुठी स्वास्थ केन्द्रको लागी औषधीको मागफारम हालसम्म नआएको बताउदै वास्तविक अवस्था बुझन आफू आइतवार अनुगमनमा जाने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?