सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन
बुधबार, ०४ मङ्सिर २०७६, १९ : १५
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।
हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् बिस्तार गरिने बैंकले जनाएको छ ।
यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् ।
यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ ।
आउँदा दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने विश्वास बैंकले लिएकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण