अनिल कपुरले छोरी सोनमको तारिफ गर्दै भने, ‘विवाहपछि उनले खाना बनाउन सुरु गरेकी छिन्’
अनिल कपुरले उनकी छोरी सोनम कपुरले विवाहपछि खाना बनाउन सुरु गरेको बताएका छन् ।
भारतीय मिडियासँगको एक अन्तर्वार्तामा आनन्द आहुजासँग विवाह गरेपछि सोनमको जीवनमा के परिवर्तन देखिएको छ भनेर प्रश्न सोध्दा उनले जवाफ दिए, ‘उनले लण्डनमा खाना बनाउन सुरु गरेकी छिन् । अहिलेसम्म मैले उनले बनाएको कुनै पनि खाना चाखेको छैन तर सुनेको छु कि उनले निकै मिठो खाना बनाउँछिन् ।’
छोरीहरुको पार्टनरसँग साथीजस्तो सम्बन्धः
अनिल कपुरले कुराकानीमा आफ्नो दुई छोरीहरुको पार्टनरसँगको सम्बन्धबारे पनि कुराकानी गरे । उनी भन्छन्, ‘मलाई मेरो र आनन्दको सम्बन्धमा सबैभन्दा राम्रो लाग्ने कुरा हामीबीचको दोस्ती हो । रियाका प्रेमी करण (बूलानी) सँग पनि मेरो साथीजस्तो सम्बन्ध छ ।’
छोरीहरुले आमाबाट पार्टी होस्ट गर्न सिकेः
अनिलले भने, ‘यो वर्ष दिवाली निकै राम्रो रह्यो । गत वर्ष हामी लण्डनमा थियौं र सोनमको नयाँ घरमा यो चाड मनाएका थियौं । त्यो वर्ष श्रीजी (श्रीदेवी) ले हामीलाई छोएर गएकी थिइन् त्यसकारण घरमा सानो पूजा मात्रै राखेका थियौं । यो वर्ष आनन्द र सोनम भारतमै थिए त्यसकारण हामीले ठूलो पार्टीको आयोजना गर्यौं । यो सोनम र रियाले होस्ट गरेका थिए । मेरी श्रीमती (सुनिता) निकै राम्रो होस्ट हुन् र मलाई लाग्छ कि छोरीहरुले पनि उनैबाट यस्तो गर्न सिकेका हुन् ।’
सोनम लण्डनमा जाँदा आफूलाई उनको निकै याद आउने अनिलले बताए । स्मरण रहोस्, सन् २०१८ मेमा दिल्लीका व्यवसायीसँग सोनमको विवाह भएको थियो । त्यसपछि यो जोडी लण्डन सरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !