विवेकपूर्ण रुपमा मतदान गर्नुस् : नेता सिटौला
भक्तपुर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उपनिर्वाचनमा जनताहरुलाई सजग भई विवेकपूर्ण रूपमा आफ्नो मत राख्न अनुरोध गरेका छन् ।
यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई भोट माग्न विहीबार नगरकोटमा आयोजना गरेको घरदैलो कार्यक्रममा उनले काँग्रेसले मात्रै लोकतन्त्रको संरक्षण गर्न सक्ने दाबी गरे ।
सिटौलाले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै काँग्रेसले मात्रै जनता र लोकतन्त्रको पक्षमा काम गर्न सक्ने जिकिर गरे । उनले काँग्रेसका उम्मेदवारलाई मतदान गरी लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको विकासका लागि काँग्रेसका उम्मेदवार सक्षम भएको जिकिर गरे ।
त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीलगायतले प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको रिक्ततालाई काँग्रेसका उम्मेदवार भडेलले पूरा गर्ने बताए ।
नेविसङ्घ पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले आफ्नै अगाडिको कमलविनायक–नगरकोट सडकखण्डको दुरावस्थाले नै नेकपाको विकास र समृद्धिको नारालाई उदाङ्गो पारेको बताउँदै दोहो¥याएर नगरकोटका जनतालई गल्ती नगर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण