बंगलादेश फाइनलमा
एजेन्सी । आयोजक बंगलादेश एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । ढाकामा बिहिबार भएको सेमिफाइनलमा अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । फाइनलमा बंगलादेशले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल शनिबार खेलिनेछ । अफगानिस्तानले दिएको दुई सय २९ रनको लक्ष्य बंगलादेशले ३९.५ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा सौम्य सरकारले ६१ रन बनाए ।
नाज्मुल सान्टोले ५९, अफिफ हुसेनले ४५ र यासिर अली चौधरीले ३८ रन बनाए । अफगानिस्तानका अब्दुल नुरीले दुइ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर दुइ सय २८ रन बनाएको थियो ।
अफगानिस्तानका डार्विस अब्दुल रासोलले एक सय १४ रनको शतकीय इनिङ खेले ।सायद शफाकले ३४ र तारिक स्टानीज्काईले ३३ रन बनाए । बंगलादेशका हसन महमुद र सौम्य सरकारले तीन तीन विकेट लिए । तान्भिर इस्लामले दुइ विकेट लिए । नेपाल यस प्रतियोगिातको समूह चरणबाटै बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ