कांग्रेसले बोलायो पत्रकार सम्मेलन
बिहीबार, ०३ जेठ २०८१, १७ : ३७
काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको छ । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट महामन्त्री गगन थापाले धारणा राख्न लागेका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकपछि महामन्त्री थापाले प्रतिनिधिसभा बैठकबारे पत्रकार सम्मेलन गर्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान र गरिबन्धु चिया बगानबारेबारे प्रस्ट पार्ने बुझिएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ ।
गिरिबन्धु चिया बगानबारे कांग्रेसले प्रश्न उठाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार ल्होत्से हलबाटै प्रतिवाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण