फ्रेन्ड्सलाई १–०ले हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा
काठमाडौं । चन्द्रागिरिमा जारी तेस्रो संस्करणको ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा अन्तर्गत फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकैनै प्रतिस्प्रर्धामा खेल भए पछि अन्तिम समयको सदुपयोग गर्दे थ्री स्टार अन्तिम चारको लक्ष्यमा पुग्न सफल भएको छ । निधारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरतर्फ जाने आकलन गरिएको थियो । तर इन्ज्युरी समयमा रुपेशले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले बचाउन सकेनन् ।
गोलकर्ता रुपेश नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख तथा प्रहरी निरिक्षक शंकर खड्का र आयोजक दिपशिखा क्लबका अभ्यक्ष रवि बुढाथोकीले प्रदान गरे । फ्रेन्ड्सले यसअघि चन्द्रागिरी नगरपालिकालाई ५–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
ब्राजिलियन खेलाडीलाई मैदान उतारेको फ्रेन्ड्सले केहि अवसर सिर्जना गरेपनि दूर्भाग्य सावित भयो । अब थ्री स्टारले सेमिफाइनलमा सरस्वती र एपीएफ बीचको आयोजक समतिका अध्यक्ष रवि बुढाथोकीले शनिबार हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन च्यासल युथ क्लबसँग दिउँसो २ः ३० बजे हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने