तत्कालीन डेपुटी कमाण्डर प्रभाकरले जनमुक्ति सेनालाई यसरी सम्झिए
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनमुक्ति सेनाको त्याग र बलिदानबाट नैसंघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको बताएका छन् ।
‘जनमुक्ति सेनाको त्याग र बलिदान बिना न संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थियो न जनताका अधिकारहरु सुनिश्चित हुने सम्भावना नै थियो’, प्रभाकरले आइतबार जनमुक्ति सेना स्थापना दिवसको अवसरमा बताएका छन् ।
उनले जनयुद्धको क्रममा आफ्नो युवा जोस जाँगरलाई पूर्णरुपमा समर्पण गरि बलिदान गर्ने सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्गहरु र बेपत्ता पारिएका योद्धाहरुप्रति अभिवादन प्रकट गरेका छन् ।
उनले सम्पूर्ण जनमुक्ति सेनाका सदस्यहरु र कमान्डरहरुको योगदानको स्मरण पनि गरेका छन् ।
जनमुक्ति सेनाका सदस्यहरु विभिन्न ठाउँमा जुन अवस्थामा छन् त्यसलाई महसुस गर्दै सपना पूरा गर्न निरन्तर परिवर्तन र क्रान्तिको बाटोबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यतामा आफू दृढ रहेको प्रभाकरले बताएका छन् ।
२०५८ मंसिर ८ गते तत्कालीन माओवादी जनयुद्धको क्रममा जनमुक्ति सेनाको औपचारिक रुपमा घोषणा भएको थियो ।
औपचारिक घोषणासँगै जनमुक्ति सेनाले दाङस्थित तत्कालिन शाही नेपाली सेनामाथि फौजी हमला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र मोरक्को भिड्दै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण