तत्कालीन डेपुटी कमाण्डर प्रभाकरले जनमुक्ति सेनालाई यसरी सम्झिए
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनमुक्ति सेनाको त्याग र बलिदानबाट नैसंघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको बताएका छन् ।
‘जनमुक्ति सेनाको त्याग र बलिदान बिना न संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थियो न जनताका अधिकारहरु सुनिश्चित हुने सम्भावना नै थियो’, प्रभाकरले आइतबार जनमुक्ति सेना स्थापना दिवसको अवसरमा बताएका छन् ।
उनले जनयुद्धको क्रममा आफ्नो युवा जोस जाँगरलाई पूर्णरुपमा समर्पण गरि बलिदान गर्ने सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्गहरु र बेपत्ता पारिएका योद्धाहरुप्रति अभिवादन प्रकट गरेका छन् ।
उनले सम्पूर्ण जनमुक्ति सेनाका सदस्यहरु र कमान्डरहरुको योगदानको स्मरण पनि गरेका छन् ।
जनमुक्ति सेनाका सदस्यहरु विभिन्न ठाउँमा जुन अवस्थामा छन् त्यसलाई महसुस गर्दै सपना पूरा गर्न निरन्तर परिवर्तन र क्रान्तिको बाटोबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यतामा आफू दृढ रहेको प्रभाकरले बताएका छन् ।
२०५८ मंसिर ८ गते तत्कालीन माओवादी जनयुद्धको क्रममा जनमुक्ति सेनाको औपचारिक रुपमा घोषणा भएको थियो ।
औपचारिक घोषणासँगै जनमुक्ति सेनाले दाङस्थित तत्कालिन शाही नेपाली सेनामाथि फौजी हमला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले
-
३३/११ केभी देवनगर सबस्टेसनको उद्घाटन