बच्चाहरुले मेरो फिल्म कहिले पनि नहेरुन्ः इमरान हाशमी
बलिउड अभिनेता इमरान हाशमी आजकाल रिलिजको संघारमा रहेको आफ्नो फिल्म ‘द बडी’ को प्रोमोशनमा जुटेका छन् । फिल्मको प्रामोशनल अन्तर्वार्ताको क्रममा मिडियासँगको कुराकानीमा जब इमरानलाई नाबालिगहरुले के हेर्नुपर्छ भनेर प्रश्न गरियो तब उनले बच्चाहरुले के हेर्ने भनेर जवाफ त दिएनन् तर उनीहरुले के चाँही हेर्नुहुँदैन भनेर बताए ।
इमरानले भने, ‘म यतिमात्रै भन्छु कि जो नाबालिग छन्, उनीहरुले मेरो फिल्म कहिले पनि नहेरुन् । मेरो फिल्म द बडी पनि ‘ए’ सर्टिफिकेट फिल्म हो, बच्चाहरुले यो फिल्म हेर्न सक्दैनन् । यस्तै हाम्रो फिल्म निकै रमाइलो छ जुन हेरिराख्दा दर्शकले अब के होला भनेर थाहा नै पाउन सक्दैनन् ।’
इमरानलाई फिल्म इन्डष्ट्रिमा के कुरा परिवर्तन गर्न चाहनुहुन्छ भनेर प्रश्न गर्दा उनले भने, ‘हेर्नुहोस्, यहाँका सबै मानिसहरु एकै प्रकारका छैनन् तर मलाई लाग्छ कि बलिउडमा केही मानिसहरुमा अनुशासनको कमी छ ।’
के कलाकारले रोल पाउनका लागि निर्देशकको झुटो तारिफ गर्छन् ? पत्रकारको यस्तो प्रश्नको जवाफमा उनले भने, ‘हो, पक्कै पनि । सेटमा कहिलेकाँही कामका लागि निर्देशकको झुटो तारिफ गर्नुपर्छ ।’
द बडीको निर्देशन जितू जोसेफले गरेका छन् । फिल्ममा इमरान हाशमीबाहेक ऋषि कपुर महत्वपूर्ण भूमिकामा छन् । यो फिल्म डिसेम्बर १३ मा रिलिज हुँदैछ । यो फिल्म सन् २०१२ मा रिलिज भएको स्प्यानिश फिल्म ‘द बडी’ को हिन्दी रिमेक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण