शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भायनेटको ‘क्या लभ्ली अफर’

बुधबार, ११ मङ्सिर २०७६, १४ : ३९
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं– नेपालको पहिलो र विशाल एफटीटीएच (फाईवर टु दि होम) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टी.भी र ६४ मेगापिक्सल क्यामरा भएको शाओमी रेडमी नोट ८प्रो प्राप्त गर्नेछन् । त्यसैगरी मात्र २७ हजार सात सयमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टी.भी र शाओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् । 

यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार सात सय ९० देखि सामसुङ्ग र स्काईवर्थको ३२” देखि ४३” सम्मका एलईडी टीभीहरुका साथै इन्टरनेट र फ्रि नेट टी.भी. प्राप्त गर्न सकिनेछ । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । 

सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा ँत्त्ज् इन्टरनेट सर्भिस शुरुवात ग¥यो र यो क्षेत्रका घरहरु र अफिसहरुलाई एफटीटीएच सेवाले जोड्न सफल भएको छ । 

आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप