प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न देउवा मनमोहनमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए । डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा आज सुधार रहेको जानकारी दिनुभएको सभापति देउवाका उनका निजी सहयोगी भानु देउवाले बताए ।
प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ । स्वास्थ्यमा समस्या आएपछि उनी मङ्गलबार बिहान सो सेन्टरमा गएका थिए । एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण