मूल्य बढेपछि प्याज ओसारपसारमै चुनौती, बाटोबाटै एक ट्रक प्याज लुटियो
काठमाडौँ । भारतमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि ओसारपसारमा समेत चुनौती बढेको छ ।
प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेपछि ओसारपसारमा समेत चुनौती थपिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ४० टन प्याज बोकेर उत्तर प्रदेशको गोरखपुरतर्फ जाँदै गरेको ट्रक लुटेराहरुको निशानामा परेको हो । लुटेरा समूहले ट्रक नियन्त्रणमा लिइ सबै प्याज लगेका छन् । रित्तो ट्रक फेला परेको र आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
भारतको दैनिक अखबार हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको थियो । समयमा उक्त ट्रक नपुगेपछि खोजतलास सुरु गरिएको थियो । मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला परेको बताइएको छ ।
प्याजको मूल्य बढेका कारण लुटेराहरुले ट्रकबाट प्याज लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घटनामा उनीहरुको भूमिकाबारे खुलाइएको छैन ।
ट्रक फेला परेको क्षेत्रमा प्याजको बजारमूल्य प्रतिकिलो एक सय भारु रहेको बताइन्छ ।
यस्तै शैलीमा मंसिर पहिलो साता नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट डिजेल लिएर लहान पुगेको ट्याङ्कर लुटेराहरुले नियन्त्रणमा लिएर डिजेल चोरी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण