गायिका आस्थाले ल्याइन् ‘आधार भाग २’
काठमाडौँ । गायिका आस्था राउतको नयाँ एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम समुहिक सार्वजनिक गरे ।
कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत ‘झ्याम्म झ्याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । हरिवंशले भने, ‘आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्न सकिन्छ ।’
त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए ।
आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तो सुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए ।
एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् ।
यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ६ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।
कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्काको अभिनय रहेको छ । आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन २ को एक निर्णायक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण