काँग्रेस उम्मेदवार केशव र नेकपा उम्मेदवार विमलाको पहिलो मतदान
उपनिर्वाचनका उम्मेदवारहरुले सबैभन्दा पहिलो मतदान गरेका छन् । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यले विहान ७ बजेतिर दंगिशरण गाउँपालिका वडा नं–५ सरौलास्थित लक्ष्मी नारायण प्रावि सरौला मतदान केन्द्रवाट मतदान गरेका हुन् ।
उक्त मतदान केन्द्रमा आचार्यले सबैभन्दा पहिला मतदान गरेका हुन् ।
त्यस्तै, नेकपाकी प्रदेशसभा सदस्य पदकी उम्मेदवार विमला वलीले पनि दंगिशरण गाउँपालिका वडा नं। ६ स्थित मावि श्रीगाउँ मतदान केन्द्रमा पहिलो मतदान गरेकी हुन् ।
वलीका श्रीमान उत्तरकुमार वलीको गत साल माघमा भएको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानमा शनिवार उपनिर्वाचन भएको हो । मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ ।
कति छन् मतदाता ?
प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं– ३ (२)मा पुनः उपनिर्वाचन हुन लागेको हो । दाङकै घोराही उपमहानगरपालिका वडा नं। १६ मा पनि वडा अध्यक्ष लक्षिण बुढा मगरको रोगका कारण मृत्यु भएपछि त्यहाँपनि नयाँ वडाअध्यक्ष चुन्नको लागि शनिवार मतदान हुँदै छ । त्यसको लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्दै छन् ।
प्रदेशसभा सदस्य चुन्नको लागि ६८ हजार ७ सय १९ जनाले मताधिकार पाएका छन् भने घोराही १६को वडा अध्यक्ष चुन्न ४ हजार ४ सय ५३ जनाले मतदान गर्ने भएका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले सुरक्षाको अति नै राम्रो प्रवन्ध गरिएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण